दफा ८
भौतिक साधन प्रयोग गर्न सक्ने
(१) आयोगले निर्वाचनको काम सञ्चालन गर्नका लागि
नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था वा स्थानीय तहको जग्गा, भवन, परिवहनको साधन, फर्निचर वा अन्य जुनसुकै भौतिक साधन पूर्व सूचना दिई आवश्यकता अनुसार प्राप्त गरी प्रयोग गर्न सक्नेछ ।
(२) आयोगले निर्वाचनको काम सञ्चालन गर्नका लागि कुनै सार्वजनिक संस्था वा निकाय वा सामुदायिक वा निजी विद्यालय वा महाविद्यालयको जग्गा, भवन, फर्निचर वा अन्य भौतिक साधन पूर्व सूचना दिई आवश्यकता अनुसार प्राप्त गरी प्रयोग गर्न सक्नेछ ।
(३) आयोगले निर्वाचनको काम सञ्चालन गर्नका लागि कुनै व्यक्ति वा गैरसरकारी संस्था वा निकायको जग्गा, भवन, परिवहनको साधन, फर्निचर वा अन्य भौतिक साधनको प्रचलित दर अनुसारको भाडा दिने गरी प्रयोग गर्न सक्नेछ ।
(४) निर्वाचनको कुनै कामका लागि आयोगले वा आयोगको आदेशले कुनै व्यक्ति वा संस्था वा निकायको जग्गा, भवन, परिवहनको साधन फर्निचर वा अन्य भौतिक साधन प्रचलित मूल्य बमोजिमको भाडा तिर्ने गरी प्रयोग गरेको अवस्थामा आयोगले त्यस्तो अवधिभरका लागि प्रयोग गरिएका जग्गा, भवन, परिवहनको साधन, फर्निचर वा अन्य भौतिक साधनको प्रचलित दर अनुसारको भाडा दिनेछ ।
(५) निर्वाचनको कुनै कामका लागि आयोगले वा आयोगको आदेशले प्रयोग गरेको जग्गा, भवन, परिवहनको साधन, फर्निचर वा अन्य भौतिक साधन टुटफुट भई मर्मत गर्नु परेमा वा क्षतिपूर्ति दिनु पर्ने भएमा आयोगले त्यस्तो मर्मत गर्न लाग्ने वा लागेको रकम वा क्षतिपूर्ति दिनु पर्दा भएको नोक्सानी बमोजिमको प्रचलित मूल्य अनुसारको रकम दिनेछ ।